४ पुस, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अनुसार शुक्रबार नेपालको पश्चिमी भूभागमा पश्चिमी बायुको प्रभाव देखिएको बताएकाे छ ।
हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैगरी, पश्चिमी भूभागका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, राति देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भूभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
आगामि २४ घण्टाको माैसम आंकलन
पश्चिम तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्नेछ।
मध्य तराईः सामान्य हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्नेछ।
पूर्व तराईःबाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्नेछ।








