४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ।
बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओली भने उपस्थित हुने छैनन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्न लागेको बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
बैठकको अध्यक्षता उपनेता सुवास नेम्वाङले गर्नेछन्।








