४ पुस, काठमाडौं । संघीय संसद्अ न्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भयो ।
अर्को बैठक यही पुस ११ गते बस्नेछ ।
अपराह्न सवा ४ बजे बसेको बैठकको शुरूमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएकी थिइन् ।
त्यसपछि बैठकले ४ जना पूर्व सांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।








