६ पुस, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा एक गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ।
ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई शनिबार राति विप्लव समूहले अपहरण गरेको हो।
शाहीसँगै उनकी श्रीमती तथा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि विप्लव समूहले अपहरण गरेको छ।
शाहीका भाइ हस्त शाहीका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन्।
उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।








