६ पुस, बीबीसी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने बताएका छन्।

खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले त्यसलाई पुष्टि गरेको बताए।

जनरल विपिन रावतले गएको बुधवार कश्मिरको भारत-पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला फेरिन सक्ने बताउँदै त्यस्तो अवस्थाका लागि भारतीय सेना तयार भएको बताएका थिए।

खानले लेखेका छन्: “भारतीय सेनाले कश्मिमलाई कैद गरेको छ र जब त्यो प्रतिबन्ध हटाइन्छ तब रक्तपात हुने आशङ्का छ। भारतमा बढिरहेको विरोध प्रदर्शनले पाकिस्तानमाथि खतरा बढेको छ र भारतीय सेना प्रमुखको भनाइले त्यो चिन्तालाई पुष्टि गर्छ।”