६ पुस, काठमाडौं । आज वर्षकै छोटो दिन हाे ।
सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।
भाेलीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् ।
आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ ।








