६ पुस, काठमाडौं । आज आइतबार सुनको मूल्य स्थिर रहेकाे छ । चाँदीकाे भने बढेकाे छ।

शुक्रबार ७१ हजार ६ सय मूल्यमा कारोबार भएको छापावाला सुन आइतबार पनि साेहि मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, शुक्रबार तेजावी सुन तोलामा ७१ हजार ३ सय मा कारोबार भएकोमा आइतबार पनि साेहि मुल्य ७१ हजार ३ सयमा नै काराेबार भइरहेकाे छ ।

चाँदी भने ताेलामा ५ रूपैया बढेकाे छ । शुक्रबार चाँदी तोलामा ८ सय ५० रूपैया रहेकाे थियाे भने आज आइतबार ५ रूपैया बढेर ८ सय ५५ रूपैया पुगेकाे छ ।