६ पुस, काठमाडौं । नुवाकोटकाे विदुर नगरपालिका–६ स्थित मुल्थलामा ट्रक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका दुईजनाको कर्मचारी दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।