६ पुस, काठमाडौं ।  बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ । 

निर्देशक तथा लेखक दीपेन्द्र के खनाल भन्छन्–‘दर्शकबाट पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । तर, ट्रेलर रिलिज भएपछि दर्शकको अपेक्षा निकै बढेको छ । दर्शकको अपेक्षा अनुसारको चलचित्र पस्कनका लागि हामीले मिहिनेत गरेका छौ भन्ने लाग्छ ।’

शर्मिला पाण्डे निर्मित यो चलचित्रले एउटा ‘आमा’ले घर परिवार र सन्तानका लागि गर्ने संघर्ष र पीडाको कथा भन्छ । फागुनको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।