६ पुस, काठमाडौं । सवारी ज्यान मुद्दामा बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा फरार रहेका राउतलाई आइतवार पक्राउ गरिएको जानकारी बाराका प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको
प्रहरीले जानकारी दिएकाे छ ।