६ पुस, काठमाडौं । नेपाली कांग्रेसले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन् ।
काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख छ ।








