६ पुस, काठमाडौं ।  जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँगै अपहरणमा परेकी उनकी श्रीमती इला शाही अपहरण मुक्त भएकी छन्।

शनिबार राति साढे १२ बजेतिर अध्यक्ष धीरबहादुरसँगै उनलाई पनि विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लिएका थिए।

उनलाई आइतबार बिहान छोडिदिएको भाइ हस्त शाहीले जानकारी दिए।