६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्न नेताहरु फेरि छलफलमा जुटेका छन् ।
कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सुरु भएको छलफलमा उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको छ ।
पौडेल समूहले गठन गरेको कार्यदलमा नेता सिंहसँगै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य छन् । उक्त कार्यदल र संस्थापन पक्षबाट सहजीकरण गर्दै आएका उपसभापति निधिबीच गत साता पनि घनिभूत छलफल भएको थियो ।








