६ पुस, काठमाडौं । प्रहरी अबैध मरिच सहित ट्रक नियन्त्रणमा लिएकाे छ ।
अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेकाे अवस्थामा प्रहरीले ट्रक नियन्त्रणमा लिएकाे छ ।
ना २ ख ९८०२ नम्बरको ट्रकमा ३ हजार किलाे (१२० बोरा) मरिच रहेकाे पर्सा प्रहरीले जानकारी दिएकाे छ ।
मरिच र ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा पठाइएको प्रहरीले बताएकाे छ ।








