६ पुस, काठमाडौं । सिरहा प्रहरीले अबैध सुन चाँदीसहित एक जना पक्राउ गरेकाे छ ।

भारतबाट भन्सार छली नेपालतर्फ आउदै गरेको ज.२.प ६४२२ नम्बरको मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई ल्याएकाे सुन चाँदीकाे गहनासहित एक जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिरहा गोलबजारका मनोज राय छन ।

उनकाे साथबाट प्रहरीले हातमा लगाउने बाला थान- २, मंगल सुत्र ठुलो थान- २, मंगल सुत्र सानो थान -२ , नथी सिक्री सहितको थान -१, कानमा लगाउने वाली थान -२, टप थान – २, झुम्का वाला टिका थान -१, पहेलो रंगको गरगहना र चाँदी जस्तो सेतो रंगको पाउजु ५ जोडी, हातमा लगाउने पंजा १ जोडी, ब्रासलेट थान- १, खुट्टामा लगाउने विच्छी थान-३, औठी थान -१, बच्चाले लगाउने बलिया थान- ३, गरगहनाको बरामद गरेकाे छ ।

उनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय महेशवारीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।