७ पुस, काठमाडौं । आज पनि तराईका जिल्लामा हुस्सु लागेकाे छ दिउसाे भने हट्दै जाने माैसम विभागले जनाएकाे छ ।

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।