७ पुस, काठमाडौं ।  ओखलढुंगाको खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गराएको हो।

उक्त विमानस्थलमा यति एयरलाइन्सको जहाजले उडान गरेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराईसहितको टोली परीक्षण उडानमा गएको थियो। उनले उक्त विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जानकारी गराएका छन्।