७ पुस, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
देवेन्द्रराज पाण्डेले गरेको ट्वीटलाई मेन्सन गर्दै बाबुरामले कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उल्लेख गरेका हुन् ।
बाबुरामले ट्वीटमा लेखेका छन्– ‘देश र जनताप्रति अलिकति पनि दायित्वबोध छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को व्यवस्था गरौं; वर्तमान सरकारसँग दुइतिहाइ बहुमत छँदैछ! हैनभने सेरेमोनियल राष्ट्रपतिबाट एकपछि अर्को संविधान, परम्परा र नैतिक आचरणविपरीत कार्य नहोस्! जो अगुवा उही..?’








