७ पुस, काठमाडौं । भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन प्रमुख विपक्षी नेपाली कांग्रेसले माग गरेको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताए ।

सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात बलियो बनाएको भए पनि सरकारले त्यसअनुसार प्रयास गरेको नदेखिएको उनले बताए ।