७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए ।
उनले भने, ‘आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’








