७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको जग्गा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको मिलेमतोमै हिनामिना गरिएको आरोप लगाएका छन्। 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद अधिकारीले तत्कालीन राजसंस्थाको जग्गामा भएको यस्तो बदमासीमा प्रधानमन्त्रीकै संरक्षण रहेको आरोप लगाएका हुन्। 

प्रधानमन्त्री ओलीले जनताको कुरा नसुनेको आरोप उनले लगाए। ‘सत्तामा बस्दा जनताले के भन्छन् प्रधानमन्त्रीलाई थाहा छैन होला?’, उनले सोधे, ‘नेपाल ट्रस्टको जग्गा हिनामिनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हात छ।

‘नारायणहिटीमा व्यवसायिक प्रतिष्ठान मात्रै होइन। होटल नै खोले भइगो नि। बदनियतसाथ कानुन ल्याएर बदमासी गरिएको छ।’ उनले भने ।