६ पुस, बेलायत । आइतबारका दिन बेलायतको अल्दर्षटस्थित एम्पाएर हलमा गीति एल्बम “समर्पण” एक समारोहका बीच सार्बजनिक गरियो . कार्यक्रमका मुख्य आकर्षण कलाकार एबम बरिष्ठ विमानचालक क्याप्टेन विजय लामा रहनुभएकाे थियाे । ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका बेलायतका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदी र बरिष्ठ पाइलट क्याप्टेन विजय लामाले संयुक्त रुपमा गर्नुभएको थियो।

बिमोचन कार्यक्रम अन्य कार्यक्रमहरु भन्दा पृथक ढंगबाट गरिएको थियो । जब प्रमुख अतिथि र बिशेष अतिथिलाई स्टेजमा आमन्त्रण गरिए सबै सहभागीहरुलाई पनि उठेर अ आफ्नो हातमा रहेको सिडी खोलि एकसाथ लोकार्पण गर्नका लागि उदघोष गरे उपस्थित दर्शकले पनि सहमति जनाई त्यस्तै गरे । समर्पण दर्शक र अतिथिबाट एकसाथ विमोचित भयो ।

समर्पण गीति एल्बम शिक्षाका लागि समर्पित रहेको र यो एउटा गीति एल्बम मात्र नरही एक परियोजना रहेको कुरा समर्पणका संयोजक सुर्य गुरुङले जानकारी दिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदीले बेलायतमा सयौको संख्यामा राजनैतिक, सामाजिक, जातिय तथा धार्मिक संघ संस्थाहरु रहेको र बिबिध कार्यक्रमहरुमा आफ्नो उपस्थिति पनि रहदै आएको तर यस्ता सामाजिक एबं शैक्षिक पुण्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अबसर प्रदान गर्ने आयोजक टिम समर्पणलाइ धन्यबाद ज्ञापन गर्नुका साथै आभार प्रकट गर्नुभयो ।

सिमलको बिज छरे सिमल उम्रन्छ, सालको बिज छरे सालनै उम्रन्छ भने जस्तै नेपाली भने पछि विश्वमा जहाँ रहेपनि नेपाली नै रहिरहने कुरामा उहाँले जोड दिनुभयाे । आफ्नो भाषा संस्कृति परम्परा र पहिचानलाइ सदा बचाएर राख्नुपर्ने र आफ्नो परिश्रमको थोरै अंश भएपनि आफ्नो मातृभूमिको लागि छुट्याउन पछि नपर्न आग्रह गर्नुभयाे । यस्तै कार्य गर्न लागि परेका बेलायतमै बसोबास गरिरहेका समर्पण परियोजना टिमको खुलेर प्रशंशा गर्नुभयो । परियोजनाको सफलताको कामना सगै बधाई ज्ञापन गर्नु भयो ।

समर्पण शिक्षाका लागि भन्ने मूल नाराका साथ् सम्पन्न उक्त कार्यक्रमका मुख्य आकर्षण क्याप्टेन विजय लामाले चन्द्र र सुर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३० औ बसन्त पार गरिसकेको र आफु आफ्नो पोशाकको सम्मान त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा यति धेरै गर्ब गर्ने कुरा बताए । नेपालीहरु आफ्नालाई माया गर्दैनन्, आफ्नालाई सम्मान गर्न सिकौ, नेपाल
एयरर्लाइन्स राम्रो नराम्रो जस्तो भए पनि सम्पूर्ण नेपालीले अपनत्व प्रदान गर्नु पर्ने कुरामा जोड दिए, दर्शकलाई उद्दृत गर्दै तपाइँहरु विश्वास राख्नोस, नेपाल एयरर्लाइन्सलाइ साथ् दिईरहनुस, लण्डनको हेथ्रोव विमानस्थलमा नेपाल एअर्लाइन्सलाइ एकदिन म ल्याण्ड गर्नेछु भनि प्रतिबद्दता गरिरहदा हल तालीले गुन्जायमान भइरह्यो ।

जातजाति धर्म र प्रदेशका आधारमा फुट गरि राजनैतिक स्वार्थ भन्दा माथि उठी नेपाली भएकोमा गर्ब गर्नका लागि आव्हान गरे|

बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्म थलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाई राख्न र नेपाल आमालाइ सम्झीरहन बेलायत बासीलाइ आग्रह गरे। यसै क्रममा समर्पण परियोजना टिमको आफु पनि एक हिस्सा भएकोमा गर्ब अनुभूति गरे । समर्पणका सदस्यहरु सुर्य गुरुङ, कान्ति गुरुङ श्रेष्ठ, विभा गुरुङ र अनुपलाल श्रेष्ठलाइ धन्यबाद प्रकट गरे ।

समर्पणका संयोजक सुर्य गुरुङले यस अभियानबाट उठेको रकम नेपालमा विविध बिद्यालयहरुमा लगानी गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो साथै प्रारम्भिक रुपमा मकवानपुर स्थित देबहित आधारभूत बिद्यालयलाइ सहयोग गर्ने योजना रहेको जानकारी गराउनुभयो । समर्पण संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका तमाम सहयोगी हातहरुलाई उहाँले धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बेलायतमा सक्रिय संघ संस्थाहरु एन आर एन युके , बुद्ध फाउन्डेसन युके , तमुधि युके , तामांग सोसाइटी अफ युके , एसीएन वोमन असोसिएसन युके , म्हेंदोमाया समाज युके लगायतका संस्थाबाट आमन्त्रित प्रतिनिधि एबम पदाधिकारीहरुले क्याप्टेन विजय लामालाइ पुष्प गुच्छा एबम खादा ओडाई स्वागत एबम सम्मान गरे ।

समर्पण परियोजनाका संयोजक सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम परियोजना समुहकै सदस्यद्वय कान्ति गुरुङ श्रेष्ठ र विभा गुरुङ ले संचालन गर्नुभएको थियो ।