८ मंसिर, काठमाडौं । छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै गरेका एक व्यक्तिको सवारीकाे ठक्करबाट ज्यान गएको छ ।

काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएकाे हाे ।

पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।