८ पुस, काठमाडौं । आज मंगलबार सुन चाँदीकाे मूल्य बढेकाे छ।
साेमबार ७१ हजार ९ सयमा काराेबार भइरहेकाे छापावाला सुन मंगलबार ताेलामा ३ सय बढेर
७२ हजार २ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।
यस्तै, साेमबार तेजावी सुन तोलामा ७१ हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ताेलामा ३ सय बढेर ७१ हजार ९ सयमा काराेबार भइरहेकाे छ ।
चाँदी ताेलामा १५ रूपैया बढेकाे छ । साेमबार ८ सय ६० रूपैया रहेकाे चाँदीकाे मुल्य मंगलबार ८ सय ७५ पुगेकाे छ ।








