८ पुस, काठमाडौं । गोरखामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन ।
मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप
गोरखा पालुङटार नगरपालिका–६ बूढीचौरमा पल्टिँदा दुर्घटना भएको हो।
उक्त जीपमा ७ जना सवार थिए जसमा पाँच जना घाइते भएका हुन्।








