८ पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। 

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनायो। समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्। 

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।