९ पुस, काठमाडौं । क्रिसमसको उपलक्ष्यमा इसाईहरू धर्माबलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् ।
ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।
‘क्रिसमस डे’का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।
येशूले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।








