९ पुस, काठमाडौं ।  माैसम पुर्वानुमान महाशाखाकाे अनुसार तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दिउसाेबाट भने कुहिराे हट्ने पुर्वानुमान गरिएकाे छ ।

तराईका भु-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकोले राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो नै रहने माैसमविदले बताएका छन ।

चिसोबाट बच्ने उपायहरु अपनाउन सबैमा महाशाखाले अनुरोध गरेकाे छ।

आगामि २४ घण्टाको माैसम आंकलन

पश्चिम तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो सम्म हट्नेछ।

मध्य तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो सम्म हट्नेछ।

पूर्व तराईःबाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो  सम्म हट्नेछ।