९ पुस, काठमाडौं ।  माघ ९ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागी निर्वाचन आयोगले दलहरुलाइ चिह्न प्रदान गरेकाे छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

हेर्नुहाेस कसलाई कुन चिन्ह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)- सूर्य

नेपाली कांग्रेस -रुख

समाजवादी पार्टी -पाँच औँलासहितको हत्केला

राष्ट्रिय जनता पार्टी नेपाल- ढल्केको छाता

राष्ट्रिय प्रजातन्त्र पार्टी -गाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)- हलो

राष्ट्रिय जनमोर्चा – गिलास

नेपाल मजदुर किसान पार्टी -मादल

नेपाल सङ्घीय समाजवादी पार्टी -बस

नेपाली जनता दल -गोरुगाडा चक्का (पाङ्ग्रो)

इतिहासिक प्रजातान्त्रिक जनता पार्टी -ट्र्याक्टर