९ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएकाे छ ।

केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (भाेली) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

पार्टीभित्र चुलिदैँ आएको विवाद समाधानका लागि नेताहरु सक्रिय रहेता पनि गुटगत असहमतिका कारण पार्टि भित्र विवाद समाधान हुन सकेको छैन ।

महाधिवशेनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडान नेता पौडेलले राख्दै आएका छन् । त्यस्तै पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलका साथै विभागहरुमा पनि भागबण्डा खोजेपछि कांग्रेस भित्रको उत्कर्षमा आएको हो ।