९ पुस, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ ।

बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा झन्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको हो । 

आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

स्थानीयवासीले ठूलो आवाज आएकोले हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने बताए पनि त्यस्तो कुनै दुर्घटना नभएको विमानस्थल कार्यालयले जनाएको छ ।