९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीच सम्बन्ध बिच्छेद गरेका छन् ।
उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेका हुन् ।
ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।
शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन् ।








