१० पुस, काठमाडौं । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ ।

बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएकाे नेपाल पञ्चांग निर्णयक समितिले जानकारी दिएकाे छ ।

बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य गर्नु हुँदैन । यी कार्य गर्दा अशुभ हुन्छ । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।

कसकाे लागी राम्राे र कसकाे लागी नराम्राे

कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ ।