१० पुस, काठमाडौं । काठमाडौंको तापक्रम आज यो बर्षकै न्यून मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

माैसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यसैगरी डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ।