११ पुस, एजेन्सी । काजकस्तानका अलमाटी शहर नजिकै एक सय जना सवार विमान
शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको छ ।

विमानमा ९५ यात्री र चालक दलका ५ सदस्य गरी १०० जना सवार रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ । तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन ।

देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको साे विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ ।