११ पुस, काठमाडौं । सरकारी कागज किर्ते गरेकाे आराेपमा वडा सचिव पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडासचिव प्रभु पण्डित रहेका छन ।
पण्डितले जबरजस्ती करणीका फरार अभियुक्त जितेन्द्र महतो नुनियाकाे जन्ममिति २०६० साल भनि किर्ते कागज तयार पारेकाे प्रहरीले बताएकाे छ ।
पिडित पक्षबाट उजुरी आएपछि प्रहरीले उनलाइ पक्राउ गरेकाे जानकारी दिएकाे छ ।
उनलाइ म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएकाे छ ।








