११ पुस, काठमाडौं । अहिले तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरोको लागेको माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

तराईका अधिकांश भू-भागमा लागेकाे हुस्सु दिउसाे विस्तारै हट्दै जाने माैसम पुर्वानुमान गरिएकाे छ ।

तराईका भु-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो रहेकोले राम्रो सँग घाम नलाग्ने अनि तापक्रममा गिरावट आई चिसो नै रहने छ ।

चिसोबाट बच्न उपायहरु अपनाउनु साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन माैसमविदले अनुरोध गरेका छन ।