११ मंसिर, काठमाडौं । काठमाण्डाैकाे तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु गएको छ।

दुर्घटनामा टिप्पर चालक माइला लामा र परिचालक धादिङ गल्छीका कमल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई ओरालोमा  दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।