११ पुस, काठमाडौं । आफ्नै एक अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदासजी विरुद्धको अदालती प्रकृया सुरु भएको छ ।
मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो । २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचाैं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।
गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ ।
यसैबीच कृष्णदासलाई समेत अदालतमा उपस्थित गराइएको छ । कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको छ ।








