११ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित भएको छ ।

शुक्रबार १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ ।

अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।

शुक्रबारै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने र प्रतिनिधिसभा बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने तयारी भनिए पनि बैठक  उपसभामुख तुम्बाहाङ्फेको राजीनामा पनि आएको छैन।