११ पुस, हेटौँडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमानै मृत्यु भएकाे छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो ।
सुमो सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।
सुमोमा सवार पाँच जना यात्रु घाइते भएका छन् । दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन सकेको छैन ।








