११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन्।

हाल एसोसिएट उपाध्यक्ष रहेका ढकाले वागलुङबाट उम्मेद्वारी घोषणा गरेका हुन्।

हालको विधान अनुसार महासंघको बरष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

अब हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् । यसै वर्ष यो व्यवस्थासहित विधान संशोधन गर्ने तयारी भएपनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ ।