११ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भनिएको शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

पार्टी बनाएको विधान अन्तर्ग ३२ वर्ष मुनीको संगठन विस्तार हुनुपर्ने माग राखेर उनीहरु अनसन बसेको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए।

शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझैं सुरु हुनु सकेको छैन्।