१३ पुस, काठमाडौं ।  ललितपुरको एक कबाड कारखानामा गयराती आगलागी भएकाे छ ।

आगलागी नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको थियाे।

कवाडी सामान राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने पुर्ण विवरण आउन सकेको छैन।