१३ पुस, काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको सचिवालय बैठकमा सभामुख चयनको प्रक्रियाबारे छलफल हुने जनाइएको छ ।
सभामुख र उपसभामुख निर्वाचनका विषयमा नेकपाभित्र अन्योल छ । सभामुख उम्मेदवार र उपसभामुख पद खाली गराउनेबारे नेकपा नेताहरूले निर्णय गर्न सकेका छैनन् ।








