१३ पुस, काठमाडौं ।  हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरोको लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो  देशभर मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ।

आगामि २४ घण्टाको आंकलन यस्ताे छ

पश्चिम तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि हट्नेछ।

मध्य तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म रहनेछ।

पूर्व तराईः बाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म रहनेछ।

तराईका भु-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो रहेकोले राम्रो सँग घाम नलाग्ने अनि तापक्रममा गिरावट आई चिसो नै रहने छ ।

चिसोबाट बच्न उपायहरु अपनाउनु साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन माैसमविदले अनुरोध गरेका छन ।