१३ पुस, काठमाडौं । मोगादिसुको एक व्यस्त क्षेत्रको कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
राजधानी सहर मोगादिसुको दक्षिण–पश्चिमको एउटा चोकमा भएको सो विस्फोटमा कम्तीमा ७० जना घाइते भएका छन् ।
घाइतेमध्ये धेरैकोे अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत छन् । ‘विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विस्फोटस्थल नजिक अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकाले विस्फोटमा धेरैजनाको मृत्यु भएको बताइएको छ ।
आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन । तर, यसअघिका विस्फोटमा मोगादिसुमा विद्रोही समूह अल सबाब लडाकु समूहको संलग्नता रहेकाले शनिबारको हमलामा पनि सोही समूह रहेको अनुमान गरिएको छ ।








