१३ पुस, काठमाडौं ।  आज आइतबार सुनकाे भाउ स्थिर रहेकाे छ । चाँदीकाे भने घटेकाे छ ।

शुक्रबार ७३ हजार ३ सयमा काराेबार भइरहेकाे छापावाला सुन आइतबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, शुक्रबार तेजावी सुन तोलाकाे ७३ हजारमा कारोबार भएकोमा आइतबार पनि साेही मुल्यमा काराेबार भइरहेकाे छ ।

चाँदीकाे मुल्य भने ५ रूपैयाँ घटेकाे छ । शुक्रबार ८ सय ९० रूपैया रहेकाे चाँदीकाे मुल्य आइतबार ८ सय ८५ रूपैया रहेकाे छ ।