१३ पुस, काठमाडौं । सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको जानकारी दिए ।








