१३ पुस, काठमाडौं । प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।

आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सचिवालय बैठकले सभामुख चयन गर्न भने सकेकाे छैन ।